Comments Add Comment

चम्कियो आलियाको स्टारडम, सय करोड क्लबमा ‘राजी’


बलिउड नायिका आलिया भट्टको स्टारडम चम्किएको छ । आलियाले अभिनय गरेको चलचित्र ‘राजी’ले भारतको बक्स अफिसमा सय करोड कमाई गरेको छ । नारीलाई प्रमुख भूमिकामा राखेर निर्माण गरिएको यो चलचित्रले सय करोड कमाएसँगै आलियालाई नयाँ स्टारको रुपमा हेर्न थालिएको छ ।

चलचित्रले तेश्रो हप्ताको आइतबार सय करोडको कलेक्शन पार गरेको हो । यसअगाडि आलिया अभिनित ‘टू स्टेट र बद्रिनाथकी दुल्हनियाँ’ले सय करोडको आँकडा पार गरेका थिए । सय करोड कमाउने यो दोश्रो नारी केन्द्रित चलचित्र हो । यसअगाडि नायिका कंगना रनावतको ‘तन्नु वेड्स मन्नु रिटर्न्स ‘ले पनि यो आँकडा पार गरेको थियो ।

यो चलचित्रमा नायिका भट्टले निर्वाहा गरेको भूमिकालाई दर्शक र समिक्षकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment