Comments Add Comment

प्रदेश ५ को स्थायी राजधानीको टुंगो अर्को वर्ष

१४ जेठ, बुटवल । प्रदेश ५ को स्थायी राजधानीको टुंगो अर्काे वर्ष लाग्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले स्थायी राजधानीको टुंगो अर्को वर्षम मात्रै लाग्ने बताएका हुन् ।

प्रदेश सरकारका सय दिनका उपलब्धी जानकारी गराउन सोमबमार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी तोक्ने कुरा पेचिलो विषय भएकाले हतार नगरिएको स्पष्ट पारे । ‘स्थायी राजधानीमा सहमति जुटाउने कुरा पेचिलो विषय हो,यसमा समय र मेहनत दुबै लाग्छ’-मुख्यमन्त्री पोखरेलले भने-‘ढिलो भएपनि अर्को वर्षसम्म त टुंगो लगाउनै पर्छ, तर संकेत भने वजेटमै पाउनुहुन्छ , किनकी प्रदेश सरकारका लागि स्थायी संरचना बनाउनुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेशको नामाकरणको विषयमा भने कुनै समस्या नरहेको बताए । प्रदेश सरकारले शुन्यबाट काम शुरु गर्नुपरेकाले शुरुका सय दिन प्रादेशिक जग निर्माणका लागि स्थितिपत्र तयार गर्न र प्रदेशलाई स्थापित गर्नमै बितेको मुख्यमन्त्री पोखरेलले तर्क गरे ।

सय दिनको अवधिमा ४ वटा कानुन प्रदेश सभाबाट पारित गरिएको र केही कानुनहरु बनाइएको बताए ।

यस्तै प्रदेश सुरक्षा समिति गठन, योजना आयोग गठन,राजस्व परामर्श समिति गठन,लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन सम्भाव्यता अध्ययन, लुम्बिनी सर्किटमा मोनोरेल संचालनका लागि सम्भाव्यता अध्ययन, होम स्टे संचालनका लागि सम्भाव्यता अध्ययन,नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनरासायनिक विषादीको विकल्पमा सम्भाव्यता अध्ययन लगायतका कामहरु सय दिनको अवधिमा अघि बढाइएको मुख्यमन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment