Comments Add Comment

एमाले-माओवादी एकीकरणबाट कांग्रेस हषिर्त छः नेता बलायर

तारिफ गर्न लायक छैनन् १०० दिन

१४ जेठ, डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले एमाले र नेकपा माओवादीबीच भएको एकीकरणले कांग्रेस हषिर्त भएको बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् । ‘यो एकीकरणले नेपालको राजनीति धु्रवीकरण हुने संकेत दिएको छ’ नेता बलाएरले भने ‘यसलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।’ उनले लामो समयदेखिको अस्थिर राजनीति अन्त्य हुने बिश्वास व्यक्त गरे ।

‘अब ओली नेतृत्वको सरकारलाई अरु कसैले पनि ढलाउन सक्दैन, यो सरकार शक्तिशाली सरकार बनेको छ’ बलाएरले भने ‘यदि यो सरकार ढल्छ भने आफ्नै कारणले मात्र ढल्छ ।’ देशमा राजनीतिक स्थिरता हुनु पर्ने कांग्रेसको पनि चाहाना भएको बलायरले बताए । उनले थपे ‘कांग्रेस अस्थिर राजनीतिको इतिहास फेरि नदोहोरियोस् भन्ने चाहान्छ ।’ उनले सरकार संबिधान र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चले नेपाली कांग्रेसले सहयोग गर्ने बताए ।

‘जनताले पत्याउने खालका कार्यक्रमहरु जो ले गर्छ उसैलाई जनताले समर्थन गर्छन’ सरकारले काम गर्नु पर्ने वताउँदै बलाएरले भने ‘अव बोलेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ ।’ जनताले अव भाषण होईन नगद खोजेको बलाएरले बताए ।

तारिफ गर्न लायक छैनन् १०० दिन

पूर्वमन्त्री बलायरले सरकारका एक सय दिन तारिफ गर्न लायकका नभएको बताएका छन् ।

‘यसबिचमा देखिने गरी कुनै पनि काम भएको छैन’ नेता बलाएरले भने ‘भाषण गरेर मात्रै हुँदैन, एक्सनमा पनि जानु पर्छ ।’

उनले सरकारका कामकारवाहीमा अप्रजातान्त्रिक शैली देखिन लागेको समेत संका गरे । ‘अहिलेनै बिरोध गरिहाल्नु पर्ने त देखिदैन तर प्रशासन संयन्त्रको कायशैली हेर्दा सरकार अलोकतान्त्रिक बाटोमा अगाडि बढेको देखिन्छ’ बलाएरले भने, ‘संबैधानिक मुल्यमान्यता बिपरित सरकार जान लाग्यो भने कांग्रेस प्रतिवादमा उत्रिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment