Comments Add Comment

विवेकशील साझाले गर्‍यो ढुंगेलको कैद माफीको बिरोध

१५ जेठ, काठमाडाैं । विवेकशील साझा पार्टीले बालकृष्ण ढुंगेललाई कैद माफी दिइएकोप्रति बिरोध जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वाेच अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तानी गरिरहेका ढुंगेललाई कैद माफी दिएपछि विवेकशील साझाले बिरोध गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद माफी पाएका ढुंगेल मंगलबार नै जेलमुक्त भइसकेका छन् । उनलाई असल चालचलनमा प्रकि्रया पुर्‍याएर कैद माफी दिइएको हो । तर, विवेकशील साझाले भने कैद मिनाह गरिने न्याय र विधिको शासनको खिल्ली उडानु भएको टिप्पणी गरेको छ ।

‘ढुंगेललाई माफी दिने सरकारको हामी पूर्ण विरोध गर्दछौं। द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न हामी सरकारलाई खबरदारी गर्दछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment