Comments Add Comment

सोलो नायिका बनेपछि ‘नर्भस’ वर्षा


चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै एकपछि अर्को हिट चलचित्रमा काम गरेकी नायिका वर्षा राउतले त्यसको क्रेडिट भने आफू लिन सकिनन् । कारण, ती चलचित्र चल्नुमा उनको मात्र योगदान थिएन ।

‘नाई नभन्नु ल ४, जात्रा, छक्का पन्जा, छक्का पन्जा २, मिस्टर झोले’ लगायतका चलचित्र हिट हुँदा वर्षाको चर्चा कम भयो । यी सबै चलचित्र कि त मल्टिस्टारर थिए कि त उनको भूमिका कमजोर थियो । यसैले, वर्षा सोलो नायिकाको रुपमा काम गर्न खोजिरहेकी थिइन् । उनको, यही चाहना पुरा गरिदिएको छ चलचित्र ‘चौका दाउ’ले । यो चलचित्रमा उनी सिंगल नायिका हुन् । जसको पछाडि ४ पुरुष घुमेका छन् ।

सोलो नायिकाको रुपमा काम गर्न पाउँदा वर्षा उत्साहित त छिन् नै, सँगसँगै नर्भस पनि देखिएकी छिन् । वर्षाले अनलाइनखबरसँग भनिन्-‘सोलो नायिकाको रुपमा काम गर्दा दवाव धेरै हुने रहेछ । धेरै स्टार भएको चलचित्रमा काम गर्दा दवाव खासै हुदैन्थ्यो । एक्ली नायिका हुँदा सबैको ध्यान आफैतिर तानिने रहेछ । अनि माया पनि पाइने रहेछ ।’

हुनत, वर्षालाई हरेक चलचित्र गर्दा अलिकति डर लाग्थ्यो । तर, यसमा सोलो नायिका हुँदा झनै बढी नर्भस भएको उनले बताइन् । सोलो नायिकाको रुपमा काम गर्दा चलचित्र चलेन भने आफ्नो टाउकोमा बढी थोपरिने भएकाले नर्भस हुनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्-‘त्यस्तो त होइन । म सधै नै आफ्नो तर्फबाट शतप्रतिशत काम दिने प्रयास गर्छु । चलचित्र मेरो कारणले मात्र चल्ने होइन । दर्शकले मेरो भूमिका मन पराइदिनुभयो भने म खुशी हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment