Comments Add Comment

सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

'गणतन्त्रको उज्यालो राम्रो हुँदो रहेछ भन्ने अनुभूति दिलाउनु छ'

१५ जेठ, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकलाई सुशासन र विकासको बाटोमा अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले जनतालाई ‘गणतन्त्रको उज्यालो राम्रो हुँदो रहेछ’ भन्ने अनुभूति दिलाउन पनि सबै दलहरुले विकास, निर्माणको काममा एउटै संकल्प लिएर अघि बढनुपर्ने धारणा राखे ।

गणतन्त्र दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई बैचारिक, राजनीतिक बहसलाई जारी राखेर पनि मुलुकलाई अघि बढाउन मिलेर अघि बढन आहृवान समेत गरे ।

दलहरु मिलेकै कारण संविधान जारी भएको, विनाशकारी भूकम्पको पीडालाई सम्बोधन गरिएको तथा निर्वाचन सम्पन्न गरिएको स्मरण गराउँदै मुलुकको विकासलाई अघि बढाउन पनि दलहरु मिलेर अघि बढनुपर्ने अध्यक्ष दाहालको भनाइ छ । उनले लोकतन्त्रमाथि खतरा आउँछकी भनेर शंका नगर्न पनि सबैमा आग्रह गरे ।

अध्यक्ष दाहालले मुलुकलाई विकास, निर्माणको बाटोमा अघि बढाउने संकल्पका साथ दुई ठूला कम्युनिस्ट पार्टीहरुबीच एकता भएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वसभामुख सुवाष नेम्वाङ, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दलहरु मिलेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment