Comments Add Comment

प्रदिप र जसिताको जोडी फेरि पर्दामा, बन्ने भयो ‘लभ स्टेशन’


नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदिप खड्का र वितरक गोविन्द शाहीले मिलेर बनाउन लागेको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् । चलचित्र ‘लिलिबिली’मा काम गरेपछि प्रदिप र गोविन्द नजिक भएका थिए । यस्तै, प्रदिप र जसिताको जोडीलाई पनि दर्शकले रुचाएका थिए । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम काम भैरहेको छ ।

चलचित्रको नाम ‘लभ स्टेशन’ राखिएको छ । यो चलचित्रको छायांकन नायक प्रदिप खड्काले ‘रोजी’को छायांकन सकेपछि सुरु हुनेछ । चलचित्रलाई फागुणको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ । पूर्ण रुपमा लभ स्टोरी कथामा चलचित्र बन्नेछ । चलचित्रमा २ नायिकाको आवश्यकता पर्ने भएकाले १ जनाको खोजी भैरहेको छ । निर्माता गोविन्द शाहीले भने–‘जसिता र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । दुबै जना फाइनल भने भएका छैनन् ।’ उनका अनुसार यो पूर्ण रुपमा कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ । चलचित्रलाई नेपालका रमणिय स्थानका साथै अमेरिकामा छायांकन गरिने गोविन्दले बताए ।

‘ठूलो मान्छे र स्केप’ निर्माण गरेका प्रदिपले यसपछि भने अन्य ब्यानरमा चलचित्र खेल्न थालेका थिए । तर, अब उनी गोविन्द शाहीसँग मिलेर चलचित्र निर्माणमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment