Comments Add Comment

नेकपामा अमृत बोहरा र अमिक शेरचनको लिखित असहमति किन ?

स्थायी कमिटीले पायो पूर्णता, सचिवालयबाहेक अरुको वरियता तोकिएन


१६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै दुईजना स्थायी आमन्त्रित सदस्यले लिखित असहमति राखेका छन् ।

पार्टीका पुराना नेताद्वय अमृतकुमार बोहरा र अमिक शेरचनले आफूलाई दिएको स्थायी आमन्त्रित सदस्य पद समेत अस्वीकार गरेका छन् ।

तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका बोहराले आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण मागेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखी ‘तपाईसँगै महाधिवेशनको हलबाट निर्वाचित म आज किन केन्द्रीय कमिटीबाट हटाइएँ ?’ भनी प्रश्न सोधेका छन् ।

बोहरा महाधिवेशनमा केशव बडाललाई अनुशासन आयोगको अध्यक्षमा पराजित गरि विजयी भएका थिए । तत्कालिन नेकपा माले र पछिल्लो एमालेका संस्थापक नेता बोहरा माधव नेपाल महासचिव हुँदासम्म दोस्रो वरियताका नेता थिए ।

बोहराले आफू महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, अनुशासन आयोगको अध्यक्ष र पदेन स्थायी कमिटी सदस्य रहेकाले आमन्त्रित सदस्य नबन्ने प्रष्ट पारेका छन् । उनले पार्टीको विधानसमेत बिगारिएको भन्दै आपत्ति जनाएका छन् ।

विधानमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीले कारवाही गर्न सक्ने जस्ता आपत्तिजनक बुँदाहरु राखिएको र धेरै ठाउँमा मनपरी गरिएकाले आफूले असहमति जनाएको बोहराले बताए । केही नेतालाई बलियो बनाउने गरी विधान लेखिएको उनको आरोप छ ।

बोहराको लिखित असहमतिपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनलाई भेटेर सल्लाह गर्ने आश्वासन दिएका छन् । बोहराले आफू अध्यक्षसँगै कुरा गरेपछिमात्र आफ्ना असहमति बाहिर ल्याउने बताए ।

उता तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनले पनि स्थायी आमन्त्रित सदस्यमा अहसमति जनाएका छन् ।

उनले पनि आफू हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वाचित भएकाले निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा रहनुपर्ने बताएका छन् ।

असहमतिका कारण नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा अमृत बोहरा,अष्टलक्ष्मी शाक्य, अमिक शेरचनले हस्ताक्षर गरेका छैनन् ।

स्थायी कमिटी यस्तो बन्यो

पार्टी एकीकरण भएको ११ दिनपछि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट १९ जनाको नाम प्राप्त भएपछि ४५ सदस्यीय स्थायी कमिटी गठन भएको हो ।

स्थायी कमिटीमा तत्कालिन एमालेबाट २६ र तत्कालिन माओवादीबाट १९ जना नेता परेका छन् । तत्कालिन एमालेको स्थायी कमिटी यथावत राख्दै रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुसाल र रघुवीर महासेठ थप भएका छन् ।

त्यस्तै तत्कालिन माओवादीले नेकपा संयुक्तबाट एकीकरणमा आएका गणेश साह, चुनावअघि नयाँ शक्ति छाडेर फर्किएका देवेन्द्र पौडेल र एकीकरण प्रक्रियामा पछि सामेल भएका मणि थापालाई समेत समावेश गरेको छ ।

नेकपाले ६ जना नेतालाई स्थायी आमन्त्रित सदस्यका रुपमा राखेको छ । तत्कालिन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा.पुष्प कडेल स्थायी आमन्त्रित सदस्य रहनेछन् । त्यस्तै तत्कालिन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडा स्थायी आमन्त्रित सदस्य रहनेछन् ।

पार्टीको विधान अनुसार ६ जना नेतालाई पदाधिकारीका रुपमा परिभाषित गरिएको छ । जसमा अध्यक्षद्धय केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल छन् ।

नेकपाले सचिवालय सदस्यबाहेक अन्य स्थायी कमिटी सदस्यहरुको मर्यादाक्रम भने तोकिएको छैन । वणर्ानुक्रम अनुसार सदस्यहरुको नाम राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी

केन्द्रीय सचिवालय

केपी शर्मा ओली
पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल

तत्कालिन एमालेबाट

सुवास नेम्वाङ
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ

तत्कालिन माओवादीबाट

देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment