Comments Add Comment

भरतपुर अस्पतालको मेसुमा डा. रविन खड्का नियुक्त

१६ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. रविन खड्का नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. खड्कालाई नियुक्त गरेको हो । यसअघि अस्पतालका अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनी मेसु थिए ।

रेडियोलोजिष्ट डा. खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए ।

डा. खड्काले केही समयअघि देखि नै भरतपुर अस्पतालको मेसु हुन प्रयास गरेका थिए । तर, अस्पतलाका पूर्व मेसु डा. केशव भुर्तेलको भष्ट्राचारको मुद्धाको सुनुवाइ बाँकी रहेकोले खड्काको फाइल पेन्डिङमा थियो ।

बिषेश अदालतले डा. भुर्तेललाई भष्ट्राचारी ठहर गरेपछि डा. खड्काको बाटो खुलेको हो । डा. खड्का नवौं तहका चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment