Comments Add Comment

पाँच सय र हजारको नोट बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे


१७ जेठ, चितवन । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, ‘नेपालमा भ्रष्टाचार पाँच सय र एक हजारको नोटमा टेकेर गरिएको छ । नोटकै कारण भ्रष्टाचार बढेको छ ।’

आफू अर्थमन्त्री भएको भए तुरुन्तै पाँच सय र एक हजारका नोट बन्द गरी एक सयका मात्रै नोट सञ्चालनमा ल्याउने योजना सुनाउँदै नेता पाण्डेले भने, ‘एक सयका नोटका बण्डल बोकेर को मान्छे रकम बुझाउन जान्छ ? बोराका बोरा पैसा लिएर हिँड्न पनि समस्या हुन्छ ।’

उनले अब डिजिटल करेन्सीमा जानुपर्ने धारणा राखे । सूचना प्रविधिको युगमा त्यसैअनुसार काम गर्नुपर्ने बताउँदै नेता पाण्डेले परम्परालाई अंगाल्दा नयाँ प्रविधिमा रुचि नदेखिएको बताए ।

फोटो पत्रकारहरुले फोटो बेचेर पैसा कमाउन सक्ने तागत राख्नुपर्ने नेता पाण्डेको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment