Comments Add Comment

सरकारले ‘राष्ट्रवाद’ जस्तै चुनावी आकर्षक नारा पनि छोड्योः कांग्रेस

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७५/७६ को बजेट प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त भएको बताएको छ । निजी क्षेत्रलाई हतोत्साही गर्ने र कार्यकर्तालाई भरणपोषण गर्ने बजेट आएको कांग्रेस सांसद मिनेन्द्र रिजालले बताए ।

बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले जनतालाई निराश बनाएको र सत्तारुढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने बजेट आएको बताएका हुन् ।

कम्युनिस्ट घोषणापत्र पूरा नगरेपनि हुन्छ भन्ने मानसिकता देखिएको बताउँदै उनले भने, ‘चर्को राष्ट्रवादको नारा छाडेजस्तै चुनावी आकर्षक नारा पनि छाडिएको छ ।’

पानीजहाज चढेर हिन्द महासागर जाने योजना सम्भाव्यता अध्ययनमै सीमित रहेको भन्दै कांग्रेस सांसद रिजालले अर्थमन्त्रीले सानो स्वरमै भएपनि हठ र अहंकारले आर्थिक समृद्धिको यात्रा सम्भव छैन भनेर स्वीकार गरेको बताए ।

मदन भण्डारी राजमार्गको कुरा गरेको तर, अघिल्लो वर्षभन्दा कम बजेट आएको भन्दै उनले भने, ‘नाम मात्र राख्न खोजेको भनेको भए हुन्थ्यो, किन झुक्याउनु ?’

बजेटले ठूलो अवसर गुमाएको र सत्तारुढ दलका कार्यकर्ता पोस्ने कार्यक्रम आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment