Comments Add Comment

अचम्मको ट्रेन्डः एक करोड कलेक्सनमै केक काट्ने हतारो


केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो ।
चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्‍यो । तर, निर्माणपक्षले चलचित्र सफलताको सेलिव्रेसनका लागि ५१ दिन पर्खिए ।

तर, यो बर्षको सुरुवातदेखि नै अचम्मको घटनाक्रम देखिन थालेको छ । चलचित्रले १ करोड ग्रस गर्ने बित्तिकै केक काटेर सेलिव्रेसन गर्ने क्रम सुरु भएको छ ।

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिज भएको एक सातामा एक करोड ग्रस कलेक्सन गरेको भन्दै केक काटेर खुशी साटिन् । चलचित्रले एक करोड ग्रस कलेक्सन गर्दैमा खुशीयाली साट्नुको पछाडि प्रचारको लोभ देखिन्छ । केक काट्दा मिडियामा फेरि चर्चा हुने र चलचित्रलाई त्यसले फाइदा पुग्ने विश्वास केकीमा थियो ।

तर, यो चलचित्रले अहिलेसम्म १ करोड ३० लाख मात्र ग्रस कलेक्सन गरेको छ । चलचित्रले नेपालबाट लगानी नउठाउने पक्का छ ।
केकीको सिको नायिका ऋचा शर्माले पनि गरिन् । चलचित्र ‘सुनकेशरी’ रिलिज भएको ५ दिनमै १ करोड ग्रस कलेक्सन गरेको भन्दै उनले निर्देशक अर्पण थापालाई केक खुवाइन् । उनीहरुको मुख्य ध्येय पनि प्रचार नै थियो ।

चलचित्र रिलिजको ५ दिन, एक सातामा १ करोड ग्रस कलेक्सन गर्नु ठूलो कुरा होइन । यसले निर्माताको लगानी सुरक्षित हुँदैन । किनभने एक करोड ग्रस कलेक्सन गर्दा त्यसको २५-३० प्रतिशत मात्र निर्माताको हातमा पर्छ । एक करोडभन्दा बढि लगानी गरेका निर्माताले २५ लाख कमाउँदैमा के को उत्सव ?

केक काट्नुको अर्को उद्देश्य भनेको विदेशको बजारलाई लोभ्याउनु पनि हो । अहिले नेपाली चलचित्रहरुमा विदेशमा रहेका नेपाली समुदायको राम्रै आकर्षण छ । त्यसैले आफ्नो चलचित्र नेपालमा सफल भएको हौवा पिटेपछि विदेशमा लैजान सजिलो हुन्छ भन्ने धारणा निमात्रीद्वयले पालेको देखिन्छ । केकी अहिले आफ्नो चलचित्र अष्ट्रेलियामा प्रदर्शन गर्दैछिन् । ऋचा पनि ‘सुनकेशरी’लाई विभिन्न देशमा लैजाने योजनामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment