Comments Add Comment

नयाँ हवाई रुटबारे छलफल गर्न भारतीय टोली नेपाल आउँदै


१७ जेठ, काठमाडौं । नयाँ हवाई रुटका लागि छलफल गर्न भारतीय टोली नेपाल आउने भएको छ । नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गर्ने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, धनगढी, भैरहवा, विराटनगर र जनपुरबाट पनि रुट मागेको छ ।

अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथामाथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमाराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल टुंग्याउन लागिएको हो ।

यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन नमानेको हो । विभिन्न बोर्डरमा सैनीक क्याम्प रहेको र त्यहाँको शुरक्षामा अप्ठेरो पर्ने भारतको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बृद्धिसागर लामिछानेका अनुसार एअरपोर्ट अथोरिटी अफ इण्डियाको प्राविधिक टोली रुटका बारेमा छलफल गर्न जुन महिनाभित्रै काठमाडौं आउनेछ ।

योभन्दा अघि दुईपटकसम्म नेपालको टोली भारत गएको थियो । यसपाली भने भारतीय टोली नेपाल आउँदैछ ।

लामिछानेले भने ‘पटक-पटक यसमा छलफल गरिरेका नै हौं, हवाई रुट प्रदान गर्ने आधार तयार गर्नका लागि फेरि यो यो छलफल हुन लागेको हो ।’

भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५/०७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment