Comments Add Comment

गोंगबुबाट सुन लुट्ने २ जना समातिए, लुटिएको सुन नक्कली !

१८ जेठ, काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रबाट एक किलो सुन लुटपाटमा संलग्न २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग–९ का २९ वर्षीय सोनाम भन्ने नेमजुङ्ग तामाङ्ग, सिन्धुलीको कमलामाई–३ का ३४ वर्षीय ओमनाथ देवकोटा र धादिङ्गको रुवी भ्याली–४ का ४३ वर्षीय देव भन्ने कोतबहादुर तामाङ्ग छन् ।

यसअघि उनीहरुको समूहले अघिल्लो साता विहीबार गोंगबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथबाट एक किलो सुन लुटपाट गरेका थिए । अनुसन्धानका क्रममा सुन नक्कली भएको खुलेको थियो । र, देवकोटा समेत पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार कलांकीदेखि थानकोटतर्फ जाँदै गरेको ट्याक्सीमा रहेको देवकोटालाई दहचोक भन्ने सथानमा लुटेराहरुले कुटपिट गरी सुन लेटेको भनी ट्याक्सी चालकले सूचना दिएका थिए ।

थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment