Comments Add Comment

मलिनाको करिअरः न हाँसको चाल न कुखुराको


भन्ने बेलामा जे भने पनि अन्ततः अधिकांश मिस नेपालहरुले नेपाली चलचित्रलाई नै आफ्नो गन्तव्य बनाउँदै आएका छन् । तर, पूर्व मिस नेपालहरुको फिल्मी करिअर सुखदरुपमा अगाडि बढेको पाइँदैन ।

यही भिडमा पर्छिन् नायिका मलिना जोशी पनि । उनको आगमन नेपाली चलचित्र क्षेत्रमा ‘कलिउड’ को आइटम गीतबाट सुरु भएको हो । यसपछि, मलिनाले केही चलचित्रमा काम गरे पनि सफल भने भएका छैनन् ।

नेपाली चलचित्रमा नायिकाको खोजी भैरहँदा मलिनालाई लिएर ठूला मेकरहरुले चलचित्र बनाउने हिम्मत पनि गरेका छैनन् । गत वर्षको असफल चलचित्र ‘रानी’ले मलिनालाई पीडा मात्र दियो । यो बर्ष उनी अभिनित चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हूँदैछ । तर, यो चलचित्रको ट्रेलर यति फितलो छ कि यसले दर्शक तान्ने कुरामा शंका व्यक्त गर्न सकिन्छ ।

आखिर, कहिलेसम्म मलिना यस्तै चलचित्रमा अल्भिmने हुन् भन्ने प्रश्न पनि खडा भएको छ । उनीसँग काम गर्ने सहकर्मी कलाकारदेखि उनले काम गर्ने चलचित्रको ब्यानर कमजोर छन् ।

अन्य केही मिस नेपालहरु सफल हुन नसके पनि चर्चित छन् । मलिनाले त्यो चर्चा पनि पाएकी छैनन् । मलिनाको चलचित्र यात्रा अहिले हाँसको चाल र कुखुराको चालजस्तो बनेको छ । बरु, उनी चलचित्रभन्दा प्रेम प्रसंगले नै बेला-बेलामा जतपटमा छाउने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment