Comments Add Comment

यस्तै हो भने हाम्रो व्यापार शत प्रतिशत आयातमै निर्भर हुन्छ : विनाेद चौधरी

'अर्थतन्त्रलाई सानाोतिनो ओखतीमूलो होइन ठूलै शल्यक्रिया चाहिएको छ'

१८ जेठ, काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीले केही वर्षमा नेपालको व्यापार शत प्रतिशत आयातमा निर्भर हुने खतरा औल्याएका छन् ।

आर्थिक वर्ष २०६१/६२ सम्म आयात निर्यातको अनुपात ७० : ३० रहेकोमा अहिले ९४ : ६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शत प्रतिशत आयातमा नै निर्भर हुने बताएका हुन् ।

‘हामीले जुन बाटो रोजेका छौं । त्यो बाटो तत्काल सच्याएनौं भने हाम्रो ट्रेड सत प्रतिशत आयातमा निर्भर हुनेमा शंका छैन । यसको उपचार सानोतिनो ओखतिमुलोले हुँदैन । यसमा बहुत ठूलो शल्यक्रिया आवश्यक देखेको छु’ शुक्रबार प्रतिनिधिसभामा बजेट छलफलमा चौधरीले भने ।

संसारकै कारखाना अर्थात फ्याक्ट्री अफ द वर्ल्ड मानिने भारत र चीनसँग नेपालले उत्पादनमा प्रतिस्पर्धा गर्न कठिन रहेको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । भारतसँगको व्यापार घाटा अन्यका लागि नेपालबाट विजुली बेच्नुको अर्को विकल्प नभएको चौधरीले बताए ।

‘भारतसँगको व्यापार घाटा सच्याउने एउटामात्र उपाय छ । ५ हजार मेगावाटको कुनै आयोजना भारतलाई वर्तमान मूल्यमा बेच्न सकेमा अहिलेको व्यापार घाटा तत्काल पूर्ति गर्न सक्छौं’ उनले भने ।

चौधरीले राज्यको खर्च गर्ने क्षमता वृद्धि नभएसम्म जति बजेट विनियोजन गरे पनि विकास नहुने बताए । उनले अहिले राज्यले कुल बजेटको १५ प्रतिशतभन्दा विकास खर्च हुन नसकेको बताए । ‘मुलुकले खर्च गर्ने बजेटको ८५ प्रतिशत साधारण खर्च हुने गर्छ । केवल १५ प्रतिशत मात्र विकास योजनामा खर्च गर्छौ’ उनले भने ‘हामीले विकासका नाममा जतिसुकै बजेट विनियोजन गरे पनि खर्च गर्ने क्षमता र शासकीय क्षमतामा वृद्धि गर्न सकेनौं भने फेरि यही नै नियती ब्यहोर्नुपर्छ ।’

अहिले प्रदेशहरुमा साढे ४ खर्ब भन्दा बढी रकम विनियोजन भए पनि त्यो रकम खर्च हुनेमा सांसद चौधरीले आशंका गरे । अहिलेका ४ वटा प्रदेशले विगतमा कुल राजस्वको ५ प्रतिशत आम्दानी र ५ प्रतिशत पनि बजेट खर्च गर्न नसकेको भन्दै उनले ती प्रदेशको खर्च गर्ने क्षमता वृद्धि गर्न केन्द्र सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए ।

‘अहिले पनि ती प्रदेशको खर्च गर्ने क्षमतामा तत्काल केन्द्रले ध्यान पुर्‍याउन सकेन भने एक पटक गहिरो अविश्वासको खाडलले संघीयता नै धरापमा पार्ने निश्चित छ’ उनले भने ।

२०४८ सालमा तत्कालीन सरकारले लिएको उदार निजी क्षेत्र मैत्री नीतिका कारण नेपालले आर्थिक फड्को मारेको भन्दै चौधरीले राज्य उदार अर्थतन्त्रको दिशामा अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment