Comments Add Comment

मिलन र प्रदिपको आवेगपछिको मिलन


वैशाख १३ गते आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा पुगेका निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काविच बोलचाल नै भएन । यी दुइको बोलचाल नभएको खबर अनलाइनखबरमा प्रकाशित भएपछि मिलनले सबै कुरा ओकले । उनले, प्रदिपसँग कहिल्यै काम नगर्ने, प्रदिपले आफ्नो बानी सुधार्नुपर्ने लगायतका कुरा गरे ।

उनले, चलचित्र ‘लिलिबिली’की नायिका जसिता गुरुङको त चलचित्र करिअर नै सकिएको घोषणा समेत गरिदिए । प्रदिपलाई लिएर नयाँ चलचित्र बनाउने बताइरहेका मिलन अन्ततः नायक अनमोल केसीलाई लिएर चलचित्र बनाउने तयारीमा छन् ।

मिलन र प्रदिपले सार्वजनिक कार्यक्रममा नै एक अर्कालाई बहिष्कार गरिरहेको समयमा आज भने काठमाण्डौमा फरक दृश्य देखियो । चलचित्र ‘लिलिबिली’ले ५१ दिन मनाएको भन्दै आयोजना गरिएको कार्यक्रममा यसको निर्माणपक्षले केक काट्यो ।

नायक प्रदिप खड्का, निर्माता गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्स एउटै स्टेजमा देखिए । स्टेजमा पुग्ने वित्तिकै मिलन र प्रदिपले एक अर्कालाई अंकमाल गरे । उनीहरुले, केक पनि एक अर्कालाई खुवाइदिए । उनीहरुले एक अर्कामा मित्रता देखाएका थिए ।

प्रदिपले चलचित्र निर्माणको क्रममा यस्ता घटना हुने भन्दै दुश्मनीलाई मार्नु पर्ने बताए । मिलनले पनि कथावस्तु सुहाउँदो आएको खण्डमा प्रदिपसँग काम गर्न सक्ने बताए । मिलन र प्रदिपको यो मिलन क्यामेराका लागि मात्र थियो कि साच्चै, भोलीको दिनले बताउँनेछ । तर, ५१ दिनको बहानामा प्रदिप र मिलन नजिक भने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment