Comments Add Comment

जापानमा खुलेकी प्रियंका


नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को विशेष शोका लागि जापानमा छन् । आइतबार बेलुकी जापानमा चलचित्रको विशेष शो आयोजना भएको हो ।

ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा यो चलचित्रको विशेष शो आयोजना गरिएको हो । पछिल्लो समयमा जापानमा नेपाली चलचित्रले राम्रो बजार लिइरहेको छ । इश्वर श्रेष्ठ र उनको टिमले यो चलचित्रको शो आयोजना गरेका हुन् ।

चलचित्रको विशेष शोमा नायिका प्रियंका कार्की रातो गाउनमा निकै खुलेकी थिइन् । यूवी थापाले प्रियंकाकै लागि यो पहिरन तयार पारेका थिए । नायिका कार्कीले यो पहिरनको मुल्य ३५ देखि ४० हजार पर्ने बताइन् ।

यस्तै, नायिका केकी अधिकारीले लगाएको पहिरन पनि आकर्षक थियो । केकी र प्रियंका चलचित्र क्षेत्रमा मिल्ने साथी हुन् । केकीले निर्माण गरेको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले नेपालमा औषत व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment