Comments Add Comment

जाजरकोटमा चलचित्र ‘मालिका’ छायांकनका दुई मार्मिक दृश्य

रेखालार्इ ७० वर्षे आमाले भनिन्- यो जुनिमा फेरि भेट सायद नहाेला, नाचेर जाऊ नानी

२२ जेठ, काठमाडाैं । नायिका तथा निर्देशक रेखा थापाको मौलिक चलचित्र ‘मालिका’को जाजरकोटमा छायांकन सकिएको छ । काठमाडौंबाट छायांकन सुरु भएको मालिकाको बाँकेको कोहलपुर हुँदै जाजरकोटका विभिन्न ठाउँमा छायांकन भएको हो ।

छायांकन सकिएसँगै ‘मालिका’ को ४० सदस्यीय सुटिङ यूनिट काठमाडौंमा फर्किंदै छ । जाजरकोटको सुटिङका क्रममा केही दृश्य निकै मार्मिक देखिएका छन् । सुटिङका क्रममा देखिएका त्यस्ता मार्मिक सामाजिक थयार्थले गम्भीर बनाएको चलचित्र यूनिटले बताएको छ ।

रेखासँग ७० वर्षे आमाले भनिन्-यो जुनिमा  फेरि भेट सायद नहोला

निर्माण यूनिटका अनुसार जाजरकोटको सुटिङका क्रममा बालबालिकादेखि जेष्ठनागरिकसम्म हजारौंंको संख्यामा स्थानीय जम्मा भएका थिए ।

स्थानीयले चलचित्रको टिमलाई अतिथीको रुपमा स्वागत गरे । उनीहरु मध्ये एक जना ७० वर्षीया आमाले निर्देशक रेखा थापालाई भनिन्, ‘अब यो जुनिमा फेरि भेट सायद नहोला । नाचेर जाऊ नानी ।’

छायांकनका क्रममा देखिएको यो मार्मिक दृश्यलाई अर्का निर्माता नरबहादुर कार्कीले फेसबुकमा सार्वजनिक गरेका छन् । ‘७० वर्षे आमाले रेखाजीलाई भन्नुभयो-अब यो जुनिमा फेरि भेट सायद नहोला । नाचेर जाऊ नानी ।’ उनले अघि लेखेका छन्, ‘ लहको ख्याली, नाडाको सारङ्या, खुर्पाका खाँडो आदि सबैसँग हामी नाच्यौ । दुःख र पीडा बाहेक कर्णालीको यो हिस्सा यती सम्पन्न पनि छ भन्ने राम्ररी उजागर भएको छ ।’

दल्लीका आमाको पीडाः फेरि छोरी भएर जन्मिन नपरोस्

सुटिङकै क्रममा दल्लीका आमाहरुले निकै मार्मिक सवालहरु उठाएको कार्कीले उल्लेख गरेका छन् । ‘दल्लीमा केही आमाहरुसँग कुरा गर्दा उहाँहरुले बोलेको एउटा मार्मिक वाक्य थियो-फेरि छोरी भएर जन्मिन नपरोस्,’ उनले लेखेका छन्, ‘किन यस्तो लाग्छ आमाहरुलाई ? कसले गरेको राजभित्र आमाहरु यस्ता अनुभूतिबाट गुज्रेका छन् ? यी सवालले कुनै बजेटलेे परिवर्तन गर्न गाह्रो छ ।’

उनले चलचित्रको सुटिङले जाजरकोटका छोरीमा विश्वास र सोच जागेको विश्वाससमेत लिएको बताएका छन् ।

लक्ष्मी पूजाका दिन रिलिज गरिने यो चलचित्र महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्दि्रत रहेको बताइएको छ ।

चलचित्रमा जाजरकोटको कालेगाउँकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा छिन् । उनी ‘ननयाक्टर’ हुन् । निर्माताद्वय रेखा र नरबहादुर कार्कीसमेत मुख्य भूमिकामै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment