Comments Add Comment

टाइगरसँगको प्रेम अस्विकार गर्दै दिशाले भनिन्-‘पत्रकारको पेटमा लात्ती हान्न चाहन्न’


बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेमका विषयमा भारतमा बच्चा-बच्चालाई थाहा छ । उनीहरु कयौंपटक रोमान्समा लिप्त भएको अवस्थामा भेटिएका छन् ।

तर, दिशा ढोंग गर्न सिपालु रहिछन् । उनले एक अन्तरवार्तामा आफूहरु राम्रो साथी मात्र रहेको र प्रेम नरहेको दावी गर्दै मिडियामाथि नै अनेक आक्षेप लगाइन् । ‘पत्रकारको पेटमा किन लात्ती हान्नु भनेर’ अहिलेसम्म आफूहरुले यो खबरको खन्डन नगरेको उनको भनाई छ ।

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा दिशाले भनेकी छन्, ‘हो हामी एक साथ हिँड्छौं । घुम्छौं । मस्ति गछौर्ंं । के दुई राम्रो साथीबीच यो हुन सक्दैन ? प्रेम नै हुनुपर्छ भन्ने छ ?’

त्यसपछि उनी मिडियामाथि खनिइन्, ‘अहिलेका मिडियाको कसले विश्वास गर्छ । पैसाको लागि जे पनि लेखिदिन्छन् । हाम्रो अफेयरको चर्चा गर्दा उनीहरुको भ्यूज बढ्छ होला त्यसैले लेख्छन् । म उनीहरुको पेटमा लात्ती हान्न चाहन्न ।’

त्यसो त उनले टाइगरसँग अभिनय गरेको फिल्म ‘बागी २’ हिट भएपछि दिशाको भुँईंमा न भाँडामा भएकी छिन् । पहिले मिडियासँग विनम्र र शालिन तवरले पेश हुने उनको अहिले शैली बदलिएको छ । उनी आफूलाई ठूलै स्टार सम्भिmन थालेकी छन् । जबकी उनी टाइगर श्राफसँगको सम्वन्धकै बलमा यहाँसम्म आएकी हुन् । नत्र उनले बलिउडमा स्थान पाउनै मुस्किल थियो । त्यसो त टाइगर पनि बाबु ज्याकी श्राफको ज्याकले गर्दा बलिउडमा छिरेका न हुन् । नत्र अभिनयमा त उनी जिरो नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment