Comments Add Comment

राजपाले प्रदेश २ को सरकार नछाड्ने, जथाभावी नबोल्न नेताहरुलाई निर्देशन

फाइल फोटो

२४ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

उसले प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बिहीबार बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई राजपाको समर्थन, सहयोग र सहभागिता जारी रहने भन्दै सरकार विरुद्ध नबोल्न सचेत गराएको हो ।

बुधबार पार्टी महासचिव मनिष सुमनले प्रदेश २ मा राजपा सरकारबाट बाहिरिने आशयको अभिव्यक्ति दिएपछि राजपाले खण्डन गरेको हो । मधेसी जनादेशसमेतलाई ध्यान दिएर फोरम नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राजपाले प्रदेश २ को सरकारबारे भइरहेका अड्कलवाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment