Comments Add Comment

चिनियाँ मोबाइल कम्पनीसँग फेसबुकले डाटा शेयर गरेको खुलासा


प्रयोगकर्ताका डाटा चोरीको आरोपमा आलोचित भइरहेको फेसबुकको अर्को कर्तूत पर्दाफास भएसँगै फेसबुकलाई झनै अप्ठेरो पर्ने देखिएको छ ।

फेसबुकले वावेसहित कम्तीमा चारवटा चिनियाँ मोबाइल कम्पनीसँग फेसबुक प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।

फेसबुकले प्रयोगकर्ताका डाटाहरु चिनिया कम्पनी वावे, लेनोभो, ओप्पो र टिसिएलसँग शेयर गरेको स्वीकारेकाे छ ।

स्मरणरहोस् चिनियाँ मोबाइल कम्पनी वावेलाई अमेरिकी सुरक्षा एजेन्सीहरुले राष्ट्रिय सुरक्षाका लागि खतराको रुपमा लिने गरेका छन् ।

फेसबुकका कार्यकारीले भनेका छन्, ‘अमेरिकी संसदको यो विषयमा रहेको रुचीलाई मध्यनजर गर्दै हामी यो प्रष्ट पार्न चाहन्छौँ कि सम्झौता बमोजिम वावेसँग शेयर गरिएको जानकारीहरु प्रयोगकर्ताका डिभाइसमै स्टोर भएका डाटा हुन् न कि फेसबुकको सर्भरमा रहेका डाटा ।’

न्युयोर्क टाइम्सले फेसबुकद्वारा कम्तीमा ६० वटा मोबाइललगायतका डिभाइस निर्माता कम्पनीहरुलाई फेसबुक प्रयोगकर्ताको डाटासम्म पहुँच दिएको खुलासा गरेको भोलिपल्ट फेसबुकले त्यस्तो दाबी स्वीकारेकाे हाे ।  फेसबुकले प्रयोगकर्ताका जानकारीमा पहुँच दिएका कम्पनीमा एप्पल अमेजन, माइक्रोसफ्ट, सामसुङ तथा ब्लाकबेरी पनि रहेका छन् ।

यसअघि फेसबुकलाई उधृत गर्दै न्युयोर्क टाइम्सले लेखे अनुसार चिनियाँ कम्पनीहरुसँगको सम्झाैता अनुसार प्रयोगकर्ता र उनका साथीहको धार्मिक र राजनीतिक झुकाव, काम तथा शैक्षिक जानकारी र रिलेसनसीप स्टाटससहितका विस्तृत विवरणमा फेसबुकले पहुँच उपलब्ध गराउने गरेको छ । यसैखालको अनुमति ब्लाकबेरीलाई पनि दिइएको थियो ।

फेसबुकका अनुसार यो सम्झौता सन् २०१० भन्दा अगाडिको हो र वावेसँगको सम्झौता यसैहप्ता सकिनेछ ।

न्युयोर्क टाइम्सका अनुसार फेसबुकले वावे, लेनोभो, ओप्पो र टिसिएल कम्पनीसँग डाटा शेयरिंगका लागि सम्झौता गरेको थियो, जसका कारण चिनियाँ कम्पनीहरुले केही प्रयोगकर्ताका डाटासम्म निजी पहुँच राख्दछन् । मोबाइलमा फेसबुक प्रयोगकर्तालाई बढावा दिने प्रयासको हिस्साको रुपमा उक्त सम्झौता रहेको बताइएको छ ।

अमेरिकी सांसदहरुले फेसबुकद्वारा चिनियाँ कम्पनीहरुसँग गरेको त्यस्तोखाले सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन् ।

उता चिनियाँ कम्पनी वावेले फेसबुक प्रयोगकर्ताका डाटा आफूले कहिल्यै पनि एकत्रित वा भण्डारण नगरेको जिकिर गरेको छ । प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि फेसबुकसँग सम्झौता भएको पनि कम्पनीको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment