Comments Add Comment

सलमान खानलाई मन परेन सञ्जुमा रणवीरको अभिनय

बलिउड अभिनेता सलमान खानले सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’ को घुमाउरो आलोचना गरेका छन् । उनले यसरी आलोचना गर्नुमा रणनीतिक कारण छ ।

सलमानको फिल्म रेस ३ र रणवीर कपुर अभिनित फिल्म सञ्जु एक हप्ताको अन्तरालमा यसै महिना रिलिज हुँदैछन् । यतिबेला रेस ३ भन्दा सञ्जुको चर्चा बेसी छ । रेस ३ को ट्रेलरले गाली खाइरहेको बेला सञ्जुको ट्रेलरले ताली पाइरहेको छ । जुन सलमानले पचाउन सकिरहेका छैनन् । त्यसैले उनले सञ्जुलाई डोमिनेट गर्न थालेका हुन् ।

हालै रेस ३ को प्रमोसनका क्रममा सलमानलाई सञ्जुको विषयमा सोधिएको थियो । उनले आफूले सञ्जुको ट्रेलर हेरेको बताए । तर, यसमा रणवीरले आफ्नो भूमिकामा न्याय गर्न नसकेको संकेत गरे ।

सलमानले रणवीरको नाम नलिइकन भने, ‘मलाई लाग्छ अरु कसैले यो भूमिका गरेको भए न्याय गर्न सक्थ्यो ।’ उनले पछिल्लो ५० वर्ष नाघेपछिको भूमिका सञ्जय दत्त स्वयम्लाई गराउनुपथ्र्यो भन्ने सुझाव पनि दिए ।

उनले निर्देशक राजकुमार हिरानीको भने प्रशंसा गरिटोपले । सलमानले भने, ‘राजकुमारजी एकदम संवेदनशील निर्देशक हुन् । मलाई आशा छ, यो फिल्ममा उनले आफ्नो क्षमताको भरपुर उपयोग गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment