Comments Add Comment

भदौ १५ मा आउने भयो ‘चङ्गाचेट’


चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ ।

बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन मिति भने तय गरिएको छ । यो चलचित्र अब भदौ १५ मा रिलिज हुने पक्का भएको छ । यो मितिमा यसअगाडि चलचित्र ‘ब्रेकअप’ रिलिज गर्ने चर्चा थियो । संभवत यो मितिमा अब ‘ब्रेकअप’ आउनेछैन ।

यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री, परमिता आर एल राणा मुख्य भूमिकामा छन् ।

निर्देशक खनालले वितरकसँग सल्लाहा गरेर चलचित्रको प्रदर्शन मिति तय गरेको बताए । यो चलचित्रलाई पनि बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । भदौमा ठूला चलचित्रको भिड नै लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment