Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरूद्ध नेविसंघको प्रदर्शन (फोटोफिचर)

२४ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ ।
शुक्रबार विहान नेविसंघले त्रिचन्द्र कलेजबाट सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

‘मूल्य बृद्धि फिर्ता गर, लोककल्याणकारी राज्य व्यवस्था कायम गर’ लगायतका प्ले कार्डसहित नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
नेविसंघको प्रदर्शनका क्रममा यातायात आवागमन प्रभावित भएको थियो ।

यसअघि गत शुक्रबार नेविसंघले काठमाडौं जिल्ला प्रशान कार्यालयमा अर्धनग्न प्रदशर्न गरेको थियो । गत शनिबार ललितपुरमा प्रधानमन्त्रीको पुत्ला जलाएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment