Comments Add Comment

निर्देशकले नम्रतालाई हिरोइनमा पत्याएनन्, आइटममा पत्याए


नायिका नम्रता सापकोटाको हात खाली छ । म्यूजिक भिडियोको संख्या हेर्दा धेरै लागेपनि चलचित्रमा उनको उपस्थिती फितलो छ । उनले अभिनय गरेको चलचित्र ‘समर लभ’को रिलिज टुंगो छैन । यसैले, पनि उनलाई नायिकाको रुपमा पर्दामा देखिन अझै समय कुर्नैपर्छ ।

चलचित्रमा नायिकाको रुपमा नदेखिएपनि नम्रतालाई एक निर्देशकले भने गीतमा मात्र नृत्य गर्ने कुरामा पत्याएका छन् । निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘शकुन्तला’मा नायिकाको रुपमा अनु शाह थिइन् । तर, यो चलचित्रको एक आइटम गीतमा नम्रताले हट नृत्य गरिन् । गीतले राम्रै चर्चा पायो ।

अहिले उनै दिनेशले अर्को चलचित्र बनाएका छन्, ‘चिमुसीची’ । यो चलचित्रमा पनि उनले नयाँ नायिका लिएका छन् । तर, चलचित्रको शिर्ष गीतमा भने यसपटक पनि नायिका नम्रता सापकोटाले नै नृत्य गरेकी छिन् । यो गीत केही दिनमै रिलिज हुँदैछ ।

दिनेशले नम्रतालाई नायिकाको रुपमा पत्याएका छैनन्, तर चलचित्रको एउटा गीतमा भने नम्रतालाई नै देखाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment