Comments Add Comment

पोर्चुगल


विश्वकप खेल्ने तीन महादेशीय च्याम्पियन मध्ये एक हो पोर्चुगल । दुई वर्षअघि अप्रत्याशित खेल देखाउँदै पोर्चुगलले युरोकप जितेको थियो । रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिममाथि धेरेको आशा छ ।

युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगल समूह उपविजेता बन्दै विश्वकपका लागि छनौट भएको थियो । अहिले फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोपकमा जस्तै सबैलाई चकित पार्न सक्छ ।

विश्वकप खेल्न लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेज टिममा नपर्नुले पनि पोर्चुगलको टिम कति बलियो बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

विश्वकपमा पोर्चुगल अहिलेसम्म ६ पटक सहभागी भएको छ । त्यसमा सन् १९६६ र २००६ मा गरी दुई पटक सेमिफाइनलसम्म पुग्न सफल भएको छ । गएको विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

एन्थोनि लोपेज – लायन
बेटो – गजटेपे
रुइ प्याट्रिसियो – स्पोर्टिङ लिस्बोन

डिफेन्डर

ब्रुनो अल्भेस – रेन्जर्स
सेडरिक सोयरेस – साउथहृयाम्पटन
जस फोन्टे – डेलियन इफाङ्ग
मारियो रुइ – नापोली
पेपे – बेसिक्टस
राफेल गुएरिरो – ब्रुसिया डर्टमुण्ड
रिचार्डो पेरिरा – पोर्टो
रुबेन डियस – बेनफिका

मिडफिल्डर

एडि्रन सिल्भा – लिसेस्टर
ब्रुनो फर्नान्डेज – स्पोर्टिङ लिस्बोन
जाओ मारियो – वेस्टहाम
जाओ मोटिन्हो – मोनाको
म्यानुअल फर्नान्डेस – लोकोमोटिभ मस्को
विलियम कार्भालो – स्पोर्टिङ

फरवार्ड

आन्द्रे सिल्भा – एसी मिलान
बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी
क्रिष्टियानो रोनाल्डो – रियल मडि्रड
गेल्सन मार्टिन्स – स्पोर्टिङ लिस्बोन
गोन्जालो गुडेस – भ्यालेन्सिया
रिकार्डो करिस्मा – बेसिक्टस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment