Comments Add Comment

ब्राजिल

ब्राजिल रसिया विश्वकपका लागि सबैभन्दा पहिले छनोट हुने टिम हो । पाँच पटकको विश्व विजेता ब्राजिल गएको विश्वकपमा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । लज्जास्पद हारबाट बाहिरिन र छैठौँ पटक विश्वकप जित्न यसपटक ब्राजिल टोली सक्षम देखिन्छ ।

ब्राजिलले सन् १९३० देखि २०१४ सम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो ।

२० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । चार पटक क्वाटरफाइनलबाट बाहिरिएको छ ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

एलिसन – रोमा
एडर्सन – म्यानचेस्टर सिटी
क्यासिओ – कोरिनथियन्स

डिफेन्डर

ड्यानिलो – म्यानचेस्टर सिटी
फागनर – कोरिनथियन्स
मार्सेलो – रियल मडि्रड
फिलिप लुइज – एथ्लेटिको मडि्रड
थियागो सिल्भा – पेरिस सेन्ट जर्मेन
मार्किनहस – पेरिस सेन्ट जर्मेन
मिरान्डा – इन्टर मिलान
पेड्रो गेरोमेल – ग्रेमिओ

मिडफिल्डर

क्यासेमिरो – रियल मडि्रड
फर्नान्डिनो – म्यानचेस्टर सिटी
पाउलिन्हो – बार्सिलोना
फ्रेड – सख्तर डोनेक्स
पेनाटो अगुस्टो – बेइजिङ गुएन
फिलिप कोटिन्हो – बार्सिलोना
विलियन – चेल्सी
डोगलस कोस्टा – युभेन्टस

फरवार्ड

नेमार – पेरिस सेन्ट जर्मेन
टाइसन – सख्तर डोनेक्स
गाबि्रयल जिसस – म्यानचेस्टर सिटी
रोबेर्टो फर्मिनो – लिभरपुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पेरु

फ्रान्स

डेनमार्क

Advertisment