Comments Add Comment

बेल्जियम

यो समूहको बलियो टोली बेल्जियम हो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो ।

बेल्जियमले १९३० पछि १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ मा विश्वकप खेलेको थियो ।

गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो । खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ ।

बेल्जियम हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा सामान्य हुने टोली पनि हो । विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान फुटबल पण्डितहरु गर्छन् ।

को खेलाडी कुन क्लबका ?

गोलकिपर

कोएन क्यासटिल्स – वुल्ˆसबर्ग
थिबोउट कोर्टियस – चेल्सी
सिमोन मिग्नोलेट – लिभरपुल

डिफेन्डर

टोबी एल्डरवायल्र्ड – टोटनहाम
डेडरिक बोयोटा – सेल्टिक
भिन्सेन्ट कम्पनी – म्यानचेस्टर सिटी
थोमस म्युनियर – पेरिस सेन्ट जर्मेन
थोमस भरमाइलिन – बार्सिलोना
जान भेर्टोनगेन – टोटनहाम

मिडफिल्डर

यानिक कारेसो – डेलियन यिफाङ
केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी
मोसा डेम्बेले – टोटनहाम
लियन्डर डेन्डोनच्कर – एन्डरलेट्च
मोरुने फेलानी – म्यानचेस्टर युनाइटेड
एडन हाजार्ड – चेल्सी
थोर्गन हाजार्ड – ब्रोसिया मोन्चेन्ग्लाडबच
एडनान जानुजाज – रियल सोसियाड
योरी टिलेमन्स – मोनाको
एक्सेल विटेल – टियान्जीन क्वान्जियान

फरवार्ड

मिची बाट्सुयाइ – चेल्सी
नासेर चाड्ली – वेस्टब्रुम
रोमेलु लुकाकु – म्यानचेस्टर युनाइटेड
डि्रस मार्टेन्स – नापोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment