Comments Add Comment

कोलम्बिया

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । यसपटक पनि त्यो सामार्थ्य र लयमा कोलम्बियन टिम देखिन्छ ।

रोडि्रगेज, फाल्काओ जस्ता खेलाडी हुँदा हुँदै पनि कोलम्बियन टिम यस्तो टिम हो, जसलाई विश्वकपमा धेरैले मन पराउँदैनन् । सन् २०१४ को विश्वकपमा ब्राजिलका नेमारविरुद्धको खराब ट्याकल, २०१७ को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया खेलाडीलाई मैदानमै जिस्काएर पाँच खेलको प्रतिबन्ध भोग्नु जस्ता घटनाले पनि कोलम्बियन टिम चर्चामा आइरहन्छ ।

मन पराउने र घृणा गर्नेहरुको बीचमा कोलम्बियन टिम जितको आधार भने खडा गर्छ । यसैले समूह ‘एच’ बाट अघिल्लो चरणमा जाने कोलम्बियाको सम्भावना बलियो छ ।

सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैठौँ विश्वकप हो । कोलम्बियाले त्यसपछि सन् १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको छ ।

गएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलसँग २-१ ले हारेको कोलम्बिया यो विश्वकपमा आˆनो प्रभाव बढाउन सक्षम छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

डेविड ओस्पिना – आर्सनल
क्यामिलो भारगास – डेपोर्टिभो कली
जस फर्नान्डो काउडार्डो – ओन्स काल्डेस

डिफेन्डर

क्रिष्टियन जापाटा – मिलान
डेभिन्सन सान्चेज – टोटनहाम
सान्टियागो एरायस – पीएसभी इन्डोभेन
ओस्कार मुरिलो – पाचुका
फ्रान्क फार्बा – बोका जुनियर्स
जोहान मोजिका – जिरोना
एरी मिना – बार्सिलोना

मिडफिल्डर

विलियम बारिओस – बोका जुनियर्स
कार्लोस सान्चेज – स्पान्योल
जेर्फसन लेर्मा – लेभान्टे
जेस ज्याक्विर्डो – ब्राइटन
जेम्स रोडि्रग्वेज – बायर्न म्युनिख
एबल अग्युलर – डेपोर्टिभो कली
मेटस उरीबे – अमेरिका
जुआन फर्नान्डो क्विन्टेरो – रिभर प्लेट
जुआन कुडार्डो – युभेन्टस

फरवार्ड

राडामेल फाल्काओ – मोनाको
मिग्वेल बोर्जा – पालमेरस
कार्लोस बाका – भिला रियल
लुइस फर्नान्डो मुरेल – सेभिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment