Comments Add Comment

जापान

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । त्यसबेला समूह चरणबाटै बाहिरिएको जापान त्यसपछि २००२ मा अन्तिम १६ सम्म पुग्यो ।

सन् २००६ मा समूह चरणबाटै बाहिरिएको जापान २०१० मा अन्तिम १६ मा पुगेको थियो । गएको ब्राजिल विश्वकप २०१४ मा पनि जापान समूह चरणबाटै बाहिरियो । समग्रमा जापानको विश्वकप सहभागिता सहभागितामात्रै बनिरहेको छ ।

जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ । तीन खेल बराबरी गरेको छ । १० खेलमा पराजित भएको छ ।

यसपटक युरोपमा फुटबल खेल्ने केही अनुभवि खेलाडी रहेको जापान टिमले सम्झनलायक खेल प्रदर्शन गर्दै अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

इजी कावाशिमा – मेट्ज
मासाकी हिगासिगुची – गाम्बा ओस्का
कोसुके नाकामुरा – कासिवा रेसोल

डिफेन्डर

योटु नेगाटोमा – गालातासारे
तोमोकी माकिनो – युरा रेड्स
वातारु एन्दो – युरा रेड्स
माया योसिडा – साउथहृयाम्पटन
हिरोकी साकाई – मार्सेली
ग्योतोकु साकाई – हामवर्ग
जेन सोजी – कासिमा एन्टलर्स
नाओमिची उएदा – कासिमा एन्टलर्स

मिडफिल्डर

माकोतो हसेबे – इन्ट्राच्ट फ्रान्कर्फट
केसुके होन्डा – पाचुका
ताकासी इनवी – इबर
स्निजी कागावा – डर्टमुण्ड
होतारु यामागुची – सेरेजो ओसाका
जेन्की हारागुची – हेर्था बर्लिन
ताकासी उसामी – एग्सबर्ग
गाकु सिबासाकी – गेटाफे
र्‍योता ओसिमा – कावासाकी फोनटेल

फरवार्ड

स्निजी ओकाजाकी – लिसेस्टर
युया ओसाका – वेर्डर बर्मेन
योसिनोरी मुटो – मेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment