Comments Add Comment

पोल्याण्ड

फिफा वरियतामा १० औँ स्थानमा रहेको पोल्याण्डले यसअघि सात वटा विश्वकप खेलिसकेको छ ।

सन् १९३८ मा पहिलोपटक विश्वकप खेलेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेस्रो भएको थियो । सन् १९८६ मा अन्तिम १६ मा पुगेको पोल्याण्ड तीन पटक समूह चरणबाटै बाहिरिएको थियो ।

पोल्याण्डले पछिल्लो पटक २००२ र २००६ मा विश्वकप खेलेको थियो । दुवै समय समूह चरणबाटै बाहिरिएको पोल्याण्ड १२ वर्षपछि नयाँ लयमा देखिएको छ ।
सन् २०१६ को युरो कपमा क्वाटरफाइनलसम्म पुगेको पोल्याण्डमा रोबर्ट लेवान्डोस्की जस्ता स्टार खेलाडी सँगै नयाँ खेलाडीहरु पनि टोलीमा परेका छन् ।

युरो क्वाटरफाइनलमा पोर्चुगलसँग टाइब्रेकरमा पराजित भएको पोल्याण्ड टोली बलियो देखिन्छ । विश्वकप छनोटको खेलमा डिफेन्स लाइनमा देखिएको कमजोरी पोल्याण्डले सुधारिसकेको छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

बार्तोस बियलकोस्की – इप्सविच
लुकास फाबियनस्की – स्वान्से सिटी
वोजेक सिजेन्ने – युभेन्टस

डिफेन्डर

जान बेडनारेक – साउथहृयाम्टन
बार्टोस बेरेसयन्स्की – साम्पडोरिया
थियागो कोनेक – एसपीएएल
कमिल ग्लिक – मोनाको
अर्टर जेड्रेजेक – लेगिया वार्सो
मिचेल पाचडन – लेगिया वारस
लुकास पिसजेक – ब्रोसिया डर्टमुण्ड

मिडफिल्डर

ज्याकुब ब्लास्जेकोस्की – वुल्फसबर्ग
जेक गोराल्स्की – लुदोगोरेट्स रजगार्ड
कमिल ग्रासिकी – हल सिटी
ग्रजर्ज क्रेचोयाक – पेरिस सेन्ट जर्मेन
राफेल क्रुरजावा – ग्रानिक जाबरेज
केरल लिनेटी – साम्पडोरिया
सालवामिर पेस्को – लेचिना डन्स्क
म्याकिज रेबस – लोकोमोटिभ मस्को
पियोट्र जिलेन्स्की – नापोली

फरवार्ड

डेविड क्वानाकी – साम्पडोरिया
रोबर्ट लेवान्डोस्कि – बायर्न म्युनिख
एरकादुस्ज मिलिक – नापोली
लुकास टेडोरजिक – एन्डरलेच्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment