Comments Add Comment

मेक्सिको

मेक्सिको यसपटक धेरैको नजरमा नपरेको तर बलियो टोली हो । मेक्सिको यस्तो टोली हो, जुन गएको ६ वटा विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको छ ।

सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । जसमा सन् १९९४ देखि २०१४ सम्म मेक्सिको लगातार अन्तिम १६ बाट बाहिरियो । मेक्सिको सन् १९७० र १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

गएको ब्राजिल विश्वकपमा पनि मेक्सिकोको खेल उत्कृष्ट थियो । त्यो बेला मेक्सिको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्ससँग २-१ ले पराजित भएको थियो ।
मेक्सिको यसपटक समूह ‘एफ’ को राम्रो टोलीसँगै विश्वकपभर राम्रो फुटबल खेलका लागि चिनिने फुटबल पण्डितहरुको विश्लेषण छ ।

को खेलाडी कुन क्लबका ?

गोलकिपर

गुलेर्मो ओचाव – स्ट्यान्डर्ड लिग
एलफेर्डो टालाभेरा – टोलुका
जेसस कोरोना – क्रुज अजुल

डिफेन्डर

कार्लोस सालसेडो – इन्ट्राच्ट फ्रान्कर्फट
डियगो रायस – पोर्टो
हेक्टर मोरेनो – रियल सोसियाड
हृयुगो आएला – टाइगर्स
एडसन अल्भारेज – अमेरिका
जिसस गालार्दो – मोन्र्टेरे
मिगुल लायुन – सेभिला

मिडफिल्डर

राफेल मारक्वेज – एटलास
हेक्टर हेरेरा – पोर्टो
जोनाथन डस सान्तोस – एलए ग्यालेक्सी
जियोभानी डस सान्तोस – एलए ग्यालेक्सी
एन्डे्रस गुयरदाडो – रियल बेटिस
जेभियर एक्विनो – टाइगर्स
जेसस कोरोना – पोर्टो

फरवार्ड

जेभियर हर्नान्डेज – वेस्टहाम
राउल जिमिनेज – बेनफिका
ओरिब पेरल्टा – अमेरिका
कार्लोस भेला – लस एञ्जल्स एफसी
हिरभिङ लोजानो – पीएसभी इन्डोभेन
मार्को फाबियन – एर्न्टोच्ट फ्रान्कर्फट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment