Comments Add Comment

अर्जेन्टिना

सन् १९३० देखि २०१४ सम्म १६ पटक विश्वकप खेलेको अर्जेन्टिना दुई पटकको विजेता पनि हो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । चार पटक क्वाटर फाइनलमा पराजित भएको छ ।

यो विश्वकपका लागि कठीन यात्रा गरेको अर्जेन्टिनाको सम्भावनालाई स्टार स्ट्राइकर लियोनल मेसीका कारण पनि कसैले नकार्न सक्दैन ।

अर्जेन्टिना मेसीकै हृयाटि्रकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीको हृयाट्रिकमा अर्जेन्टिनाले रुस यात्रा तय गरेको थियो ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

विली क्याबलेरो – चेल्सी
फ्रान्को अरमानी – रिचर प्लेट
नहुल गुजमन – टाइगर्स

डिफेन्डर

गाबि्रयल मेर्सेडो – सेभिल्ला
फेडेरिको फाजियो – रोमा
निकोलस ओटामेन्डी – म्यानचेस्टर सिटी
मार्कोस रोजो – म्यानचेस्टर युनाइटेड
निकोलस टेग्लाफिको – अजाक्स
जेभियर मास्चेरानो – हेबेइ फर्चुन
मार्कस एकुना – स्पोर्टिङ लिस्बोन
क्रिष्टियन एनसाल्डी – टोरिनो

मिडफिल्डर

इभर बानेगा – सेभिल्ला
लुकास बिगलिया – एसी मिलान
एन्जेल डि मारिया – पेरिस सेन्ट जर्मेन
जोभनी लु चेल्स – पेरिस सेन्ट जर्मेन
मानुअल लाजिनी – वेस्टहाम
क्रिष्टियन पभोन – बोका जुनियर्स
म्याक्सिमिलियानो मेजा – इन्डिपेनडेन्ट
इडुवार्डो सालिभो – फेनफिका

फरवार्ड

लियोनल मेसी – बार्सिलोना
गोन्जालो हिग्वेन – युभेन्टस
पाउलो डिबाला – युभेन्टस
सर्जिओ अग्युरो – म्यानचेस्टर सिटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment