Comments Add Comment

अम्बर गुरुङ स्मृति ग्रन्थ प्रकाशित


२५ जेठ, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संगीतकार अम्बर गुरुङको बारेमा संकलित लेख रचना समावेश गरी ‘अम्बर गुरुङ-स्मृतिग्रन्थ’ प्रकाशन गरेको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति, राष्ट्रिय गानका सङ्गीतकार तथा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको दोस्रो पूण्यतिथिको अवसर पारेर स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो ।

स्मृतिग्रन्थमा अम्बर गुरुङ्गका कृतित्व र व्यक्तित्वबारे ६० जना भन्दा व्यक्तिका लेख, रचना, संस्मरण समालोचना समावेश गरिएको छ ।

उक्त पुस्तकमा अम्बर गुरुङका हालसम्मका प्रकाशित, अप्रकाशित प्रतिनिधिमूलक लेख रचना र तस्वीरसमेत समावेश गरेको प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment