Comments Add Comment

क्रोयसिया

फिफा वरियतामा १८ औँ स्थानमा रहेको क्रोयसियाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् १९९० अघि युगोस्लाभियामा रहेर विश्वकप खेल्ने क्रोयसिया सन् १९९८ को पहिलो सहभागितामा नै तेस्रो भएको थियो । त्यसपछि सन् २००२, २००६ र २०१४ मा क्रोयसियाले विश्वकप खेलेको छ । पछिल्लो तीनै विश्वकपमा भने क्रोयसिया समूह चरणबाट अघि जान सकेको छैन ।

सन् १९९८ को विश्वकपको क्वाटरफाइनलमा जर्मनीलाई ३-० ले हराएपछि क्रोयसियाको चर्चा विश्व फुटबलमा चुलिएको थियो ।

विश्व फुटबलका ठूला भनिएका क्लबबाट खेल्ने खेलाडीको वर्चस्वले गर्दा पनि क्रोयसिया टिम सरपाइज प्याकेज बन्न सक्छ । स्पेनिस क्लब रियल मडि्रडका लुका मोडरिक, बार्सिलोनाका इभान र्‍याकिटिक जस्ता खेलाडी क्रोयसियन टिममा छन् ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

ड्यानियल सुबासिक – मोनाको
लोभ्रे कालिनिक – जेन्ट
डोमिनिक लिभाकोभिक – डाइनामो जागर्भ

डिफेन्डर

भेड्रान क्रोलुका – लोकोमोटिभ मस्को
डोमागज भिडा – बेसिक्टस
इभान स्टिनिक – मिलान
डेजान लोभरेन – लिभरपुल
सिमे भरसाल्जको – एथ्लेटिको मडि्रड
जोसिप पिभेरिक – डायनामो किभ
टिन जेडभाज – बायर लिभरकुसन
डुजे क्यालेटा कार – रेड बुल साल्जबर्ग

मिडफिल्डर

लुका मोडरिक – रियल मडि्रड
इभान र्‍याकिटिक – बार्सिलोना
माटेओ कोवासिक – रियल मडि्रड
मिलान बडेल्ज – फिरोन्टेनिया
मार्सेलो ब्रोजोभिक – इन्टर मिलान
फिलिप बार्डेरिक – रेजेका

फरवार्ड

मारियो मान्जुकिज – युभेन्टस
इभान पेरेसिक – इन्टर मिलान
निकोलो कालिनिक – एसी मिलान
एन्डे्रज क्रामेरिक – होफेनहेम
मार्को पिजाका – युभेन्टस
एन्टे रेबिक – फिरोनटिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment