Comments Add Comment

अब सेवा शूल्कको ७२ प्रतिशत रकम श्रमिकलाई


२५ जेठ, काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान) र मजदुर संगठनबीच ग्राहकबाट उठाएको १० प्रतिशत सेवा शूल्कको ७२ प्रतिशत बराबरको रकम श्रमिकलाई नै दिने सहमति भएको छ ।

केही समयअघि जारी भएको श्रम नियमावलीमा सेवा शूल्कको ७१ प्रतिशत रकम कामदारलाई दिनुपर्ने व्यवस्था गरिएको थियो । तर, यसमा १ प्रतिशत रकम बढाएर सो बराबरको रकम मजदुरलाई दिने सहमति हान र मजदुर संगठनबीच भएको छ ।

ग्राहकबाट उठेको ७२ प्रतिशत बाहेकको २३ प्रतिशत प्रतिष्ठानलाई, २ प्रतिशत रकम हान तथा रेष्टुराँ एण्ड बार एसोसियसन अफ नेपाल (रेबान) लाई र ३ प्रतिशत रकम प्रमुख राजनीतिक दलसम्बद्ध टे्रड युनियनलाई बाँडफाँट गर्ने सहमति भएको छ ।

विनियमावली आउनुअघि भने कामदारले यस्तो सेवा शूल्कबापत उठाइने रकमको ६८ प्रतिशत रकम पाउँदै आएका थिए ।

यसअघि १० प्रतिशत सेवा शूल्क ६८ प्रतिशत मजदुर र बाँकी ३२ प्रतिशत सम्वन्धित प्रतिष्ठानले पाउने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment