Comments Add Comment

प्रहरी देख्दा अपराधी थरर काँप्नुपर्छ : महानिरीक्षक खनाल


२५ जेठ, वीरगञ्ज । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देखेपछि अपराधीको मन थररर काप्नुपर्ने बताएका छन् ।

शुक्रबार संघीय प्रहरी कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा उनले भने ‘नागरिकले प्रहरीको बारेमा राम्रो सोच्नुपर्‍यो, अपराधी काँप्न पर्‍यो, अपराधीको मन थररर काँप्न पर्‍यो । त्यसैका लागि तपाईंहरुले बर्दी लगाउने हो । ‘

उनले प्रहरी जनताको सेवक भएकाले जनताले राम्रो भन्नुपर्ने र त्यसका लागि काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिए ।

उनले प्रहरीको काम जागिर खाने मात्र नभएको दावी गरे । ‘नागरिकका लागि प्रहरी हो । प्रहरी आफैंमा जागिर खाएर हिँड्नका लागि मात्रै होइन यो, नागरिकलाई सर्भिस दिनका लागि हो ।’

उनले आफूले सबैलाई राम्रो देखेको बताउँदै केही कमीकमजोरी भए सुधारेर अघि बढ्नुपर्नेमा सचेत गराए ।

‘मैले सबैलाई राम्रो देखेको छु नराम्रा छन् भने पनि सुधार गरेर जानुपर्छ । केही न केही गलत हुनसक्छ । सामाजिक परिभेष नबुझेर हुन सक्छ, अभावले केहि हुन सक्छ’ उनले भने ‘तर अभावले गरेको भनेर कानुनले क्षम्य गर्दैन । त्यसका लागि सबै सचेत हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment