Comments Add Comment

रारामा पर्यटन वर्ष उद्घाटन गर्दा ६४ लाख खर्च


२६ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।  बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको जानकारी दिए ।

विषयगत समितिमा पठाउन तीन विधेयक पारित 

प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरे । मन्त्री भण्डारीले उक्त पेश गरिएको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाउन सभामा प्रस्ताव गरेसँगै सो विधेयक सर्वसम्मत पारित भएको छ ।

त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि सर्वसम्मत पारित भएर सम्बन्धित विषयगत समितिमा निर्णयार्थ पेश भएको छ ।
त्यसैगरी सामाजिक विकासमन्त्री दल रावलले पेश गर्नु भएको सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७५ सामाजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment