Comments Add Comment

पैसा फिर्ता माग्ने वितरकमाथि खनिए सलमान खान

बलिउड अभिनेता सलमान खान निकै उदार दिलका छन् भन्ने गरिन्छ । केही समयअघि उनले आफ्नो फिल्म ‘ट्यूवलाइट’ फ्लप भएपछि वितरकहरुको ५० प्रतिशत रकम फिर्ता गरेका थिए ।

तर त्यो घटनाले सलमानलाई निकै पिरोलेको रहेछ । उनले हालै आफ्नो मनको भँडास पोखेका छन् । एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब यस्ता वितरकहरुसँग काम नगर्ने घोषणा गरे ।

‘लगातार १५ वटा फिल्म हिट हुँदा पैसा कमाए, जब एउटा फिल्म फ्लप भयो उनीहरु पैसा फिर्ता माग्न घरमै आए । यो कस्तो खालको व्यवसायिकता हो ? अब म यस्ता वितरकसँग जिन्दगी काम गर्दिन ।’ उनले भने ।

सलमानले अब आफ्नो फिल्म आफैं वितरण गर्ने भएका छन् । अब यदि फिल्म हिट भएको खण्डमा सबै कमाई आफ्नो हुने र फ्लप भएमा वितरकहरुलाई पैसा फिर्ता गर्नु नपर्ने उनको भनाई छ । उनको यस्तो घोषणाले वितरकहरु भने जिल्ल परेका छन् । सलमानको फिल्म ‘रेस ३’ आगामी  असार १ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment