Comments Add Comment

फेसबुकको अर्को गल्ती, डेढ करोड प्रयोगकर्ताका गोप्य पोष्ट सार्वजनिक

फेसबुकले एकपटक फेरि प्रयोगकर्ताको गोपनियतामा दखल पूराउने खालको गडबडी भएको तथ्य स्विकार गरेको छ ।

गत मे महिनामा सफ्टवेयरसँग सम्बन्धित एक गल्तीका कारण १ करोड ४० लाख फेसबुक प्रयोगकर्ताको प्राइभेसीमा असर पुगेको फेसबुकले जनाएको छ । जसका कारण ती प्रयोगकर्ताका फेसबुकका प्राइभेट पोष्टहरु समेत सार्वजनिक भएका छन् ।

फेसबुकमा आफुले राखेका पोष्टहरु आफ्नो फ्रेन्डलिस्टमा भएकाहरुलाई मात्र देखाउने गरी प्राइभेसी सेटिंग गरेका फेसबुक प्रयोगकर्ताका त्यस्ता पोष्टहरु आफसे आफ सबैले देख्न तथा पढ्न मिल्ने गरी पब्लिक भए ।

फेसबुकको यो गल्तीबाट कुन देशका फेसबुक प्रयोगकर्ता सबैभन्दा बढि प्रभावित भए भन्ने चाहीँ खुलाइएको छैन । फेसबुकका चिफ प्राइभेसी अफिसर एरिन एगनले चाहीँ फेसबुकका इन्जिनियरहरुले फेसबुकमा प्रयोगकर्ताको फोटो वा प्रोफाइलमा रहेका अन्य सेक्सनहरु शेयर गर्न सकिने एउटा फिचरको परीक्षण गरिररहेका बेला गल्तीबस यस्तो हुन गएको र प्राइभेट पोष्टहरु पब्लिक भएको दाबी गरेका छन् ।

उनका अनुसार फेसबुकको टिमले उक्त नयाँ फिचर ट्रायल गरिरहेको थियो र सोही क्रममा सफ्टवेयरमा समस्या आएको हो । प्राइभेट पोष्टहरु पब्लिक हुने समस्या १८ देखि २७ मे भित्र गरिएका पोष्टहरुमा मात्र देखिएको बताइएको छ ।

उनले ब्लगमा लेखेका छन्, ‘अब समस्या समाधान भैसकेको छ । अब प्रयोगकर्ताले छानेकै प्राइभेसी सेटिंग्स अनुसार बाहिरी मानिसहरुले उसका पोष्टहरु देख्न पाउँछन् ।’ पछिल्लो घटनाबाट १ करोड ४० लाख फेसबुक प्रयोगकर्ता प्रभावित भएको पनि उनले बताएका छन् ।

अघिल्लो दिनमात्र फेसबुकले चिनिया कम्पनी वावे लगायतका तिन स्मार्टफोन निर्माता कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गर्ने गरेको खुलासा भएको थियो । त्यसअघि क्याम्बि्रज एनालिटिका डाटा घोटाला प्रकरणले फेसबुक विश्वव्यापी रुपमा आलोचित बन्दै आएको थियो । कैयन् देशमा यस विषयमा जाँचबुझ चलिरहेको छ ।

कतै तपाइँ प्रभावित त हुनुभएन ?

पछिल्लोपटक डेढ करोड प्रयोगकर्ताका प्राइभेट पोष्टहरु पब्लिक भएको घटनाबाट कुन कुन देशका प्रयोगकर्ता प्रभावित भएको खुलेको छैन । तर फेसबुकले यसरी डाटा पब्लिक भएर प्रभावित भएका सबे प्रयोगकर्तालाइ सूचित गरेको छ ।

यदि तपाइँको पोष्ट पनि पब्लिक भएको छ भने तपाइँले फेसबुक लगइन गर्ने लगत्तै एक नोटिफिकेसन प्राप्त गर्नुहुनेछ । उक्त नोटिफिकेसनमा क्लिक गरेपछि एक नयाँ पेज खुल्नेछ ।

उक्त पेजमा फेसबुकको गल्तीका कारण पब्लिक हुन पुगेका तपाइँका सबै पोष्टहरुको विस्तृत विवरण हुनेछ । ती पोष्टहरुलाई तपाइँ पुनः प्राइभेसी सेटिंग्स गरेर पूरानै अवस्थामा ल्याउन सक्नुहुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment