Comments Add Comment

कामचोर कर्मचारीलाई लाइनमा उभ्याएर महिला हाकिमको झापड !

कुनैपनि कम्पनी कर्मचारीहरुको कमजोर कार्यसम्पादनका कारण घाटामा गयो भने वा निर्धारित लक्ष्य हासिल गर्न सकेन भने के गरिएला ? अपेक्षाकृत काम गर्न नसक्ने कर्मचारीका प्रति व्यवस्थापनले कस्तो रवैया अपनाउँछ होला ?

वास्तवमा कामचोर कर्मचारीलाई बर्खास्त गर्ने, तलब वा ग्रेड नबढाउने आदि आदि । तर चीनको एउटा कम्पनीमा चाहीँ त्यहाँकी महिला हाकिमले आफ्ना कर्मचारीलाई अनौठो खाले कारवाही गरेकी छिन् । सायद आधुनिक सभ्य अफिसहरुमा यस्तो कारवाही अन्त कतै छैन होला ।

चीनको हुबेइ प्रान्तमा रहेको एक कम्पनीको समीक्षा बैठका क्रममा अनौठो घटना भएको छ । उक्त बैठक पछिको घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

उक्त बैठक पश्चात् कम्पनीकी महिला प्रबन्धकले खराब कार्यसम्पादनको अभियोगमा कर्मचारीहरुलाई लाइनमा उभ्याएर गालामा झापड हानेकी छिन् । एक एक गर्दै कर्मचारीहरुलाई हाते कारवाही गरेसँगै कर्मचारीहरुलाई घुँडा टेकेर भुइँमा हिँड्न पनि आदेश दिइयो ।

समाचार अनुसार सुरुमा त ती महिला हाकिमले कर्मचारीलाई झापड हान्न संकोच मानेकी थिइन् । तर कर्मचारीहरु आफै हाते कारवाही भोग्न तयार भए र आफुहरुलाई झापड हान्न अनुरोध गरेसँगै उनले त्यसो गरेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment