Comments Add Comment

सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । साहित्यकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रष्ठिानका कुलपति सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार प्रदान गरिएको छ ।

मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट सरुभक्त पुरस्कृत भएका छन् । नेपाली मु्क्तकको विकास र लेखनमा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्तलाई प्रदान गरिएको छ ।

प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले २२ हजार २ सय २२ रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सरुभक्तलाई पुरस्कार अर्पण गरे ।

उपन्यास, कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ २०३५ पोखराकै पहिलो मुक्तक संग्रहको रुपमा मानिन्छ । उनका हजार बुद्धहरु २०६१ र प्रेमयात्रा २०६७ सहित तीन मुक्तक संग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment