Comments Add Comment

एनआरएन यूएईको आयोजनामा इफ्तार

२७ जेठ, दुबई । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा एनआरएन एनसीसी यूएईले शनिबार श्रमिकहरुलाई इफ्तार भोजन गराएको छ ।

विभिन्न देशका मजदुरहरुको बाक्लो उपस्थिति रहेको  दुबईको अलकुज एरियामा रहेको अरबटेक कम्पनीको क्याम्पमा रहेका ५ सय मजदुरहरुलाई एनआरएनए एनसीसी यूएईले साझ ७ बजे इफ्तार कार्यक्रम आयोजना गरेको  हो ।

बिरियानी, जुस, फलफूल तथा पानी उक्त इफ्तार भोजन नि:शुल्क वितरण गरिएको उक्त   कार्यक्रम विगत तीन वर्षदेखि निरन्तर गर्दै आएको र धार्मिक सहिष्णुता र सम्मान स्वरुप यो इफ्तार कार्यक्रम आयोजना गरिएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

एनआरएन युएईका केन्द्रीय सदस्य समिम खानको संयोजकत्वमा आयोजित कार्यक्रममा नेप्लिज मुस्लिम सोसाइटी यूएईले सहजिकरण गरेको थियो ।

एनआरएनका मध्यपूर्व उपसंयोजक गोपाल कंडेल, आईसीसी सदस्य मनोज गोर्खालीले उपस्थिति जनाएर मुस्लिम धर्मावलम्बीको चाडप्रति एनआरएन यूएईले प्रकट गरेको सद्भाव प्रशंसनीय रहेको बताए ।

कार्यक्रमको सफलताको लागि एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नेत्र शर्मा, महासचिव कृष्ण पौडेल, सचिव राजेश बोहरा, युवा संजाल प्रमुख नवीन पौडेल, केन्द्रीय सदस्यहरु समशेर योन्जन, बिष्णु बगाले, निरन्जन सिलवाल, राजन खतिवडा, ओम उप्रेती लगायत १२ जना केन्द्रीय पधाधिकारी तथा दुबई  क्षेत्रीय अध्यक्ष मदन अधिकारी लगायत अन्य शुभेच्छुक सदस्यहरुको उपस्थिति थियो ।

एनआरएनले सबै धर्म, जाति र सम्प्रदायका चाडपर्वलाई समभाव राक्दै आपसी मिलन र ऐक्यबद्धता जनाउदै जाने क्रममा यो इफ्तार कार्यक्रम आयोजना गरिएको र आगामी वर्षहरुमा पनि अझ भब्यतापुर्वक मनाउनु पर्नेमा कार्यक्रम संयोजक खानले जोड दिएका छन् ।

रमादानको अवसरमा स्थानीय सामाजिक संस्था र अन्य देशका विभिन्न संस्था र समुदायले इफ्तार भोजन गराए पनि नेपाली समुहबाट पहिलो पटक इफ्तार कार्यक्रममा सरिक भएको बताउने पाकिस्तानी नागरिक मोहम्मद सरिफले नेपालीहरुले वितरण गरेको इफ्तार भोजनप्रति आयोजकलाई धन्यवाद प्रकट गरेका छन् ।

यो इफ्तार कार्यक्रममा नाइजेरिया, भारत, पाकिस्तान, बंगलादेश, नेपाल लगायतका मुस्लिम धर्मावलम्बीले भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment