Comments Add Comment

स्वास्थ्यमन्त्री यादवलाई पिडानको सम्मान

२६ जेठ, पोखरा । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ननेपाल औषधि थोक व्यवसायी संघ (पिडान) प्रदेश ४ ले पोखरामा स्वागत तथा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले नेपाल सरका नेपाल औषधि थोक व्यवसायीहरुले यसबीचमा झेल्दै आएका समस्याको र औषधिको कारोवारमा देखिएको समस्या सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका थिए ।

कार्यक्रममा मन्त्री यादलले कुनैपनि बहानामा जनताले गुणस्तरीय औषधि सेवन गर्न पाउनुपर्ने भन्दै औषधि व्यवसायिले पनि यो वा त्यो वहानामा जनतालार्इ औषधिको नाममा आर्थिक लुट गरेको सुन्न नपर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघको प्रादेशिक अध्यक्ष रुद्र मल्लले मन्त्री यादवलार्इ स्वागत गर्दै औषधि व्यवसाय र व्यवसायीले अनेकन झन्झट व्यर्होनु परेको अवस्थालार्इ दृष्टिगत गर्दै पछिल्लो समय व्यवसायीको हकाधिकार अलावा सुरक्षाका लागिसमेत पिडान अस्तित्वमा आएको बताए ।

उनले मुलुकको ७ वटै प्रदेशमा पिडानको प्रादेशिक संरचना बनाउँने तयारीमा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा लागिपरेको जानकारी समेत दिए ।

सम्पूर्ण व्यवसायी व्यवसायको प्रवर्धनका लागि संघ आग्रह पूर्वाग्रहविना मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको बताउँदै मन्त्री यादवले अाफ्नो कार्यकालमा यस क्षेत्रले उल्लेख्यरुपमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment