Comments Add Comment

धादिङको रानी झरनामा क्यानोइङको मज्जा (फोटो फिचर)

२३ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा शुरु भएको चौथो नेपाल क्यानोनिङ महोत्सव सकिएको छ ।

धादिङको थाक्रे–६ मा रहेको रानी झरना पर्यटकिय प्रबद्र्धनका लागि क्यानोनिङ (छाँगारोहण) महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउँछन् ।

काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको रानी झरनामा जेठ २५ गतेदेखि सुरु भएको थियो ।

नेपाल क्यानोनिङ संघले आयोजना गरेको दुई दिवसीय महोत्सवमा
स्वदेशी तथा विदेश गरी २ सय ५० भन्दा बढी सहभागी भएका थिए ।

संघका अध्यक्ष राजेन्द्रबहादुर लामाका अनुसार त्यहाँका स्थानीय युवालाई आधारभूत गाइड तालिम समेत दिइएको छ ।

पछिल्लो समय सहासिक पर्यटनमा क्यानोनिङ युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ ।

हेर्नुस् तस्वीरहरु

       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment