Comments Add Comment

थोमस मुलर

जर्मनीका थोमस मुलर अहिले खेल्ने खेलाडीमध्ये विश्वकपमा धेरै गोल गर्ने खेलाडी हुन् । उनले विश्वकपमा १० गोल गरेका छन् ।

चार वर्षअघि जर्मनीले विश्वकप जित्दा उनको भूमिका महत्वपूर्ण थियो । उनले ८ वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल २०१० मा ५ गोल गरेका उनी सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका थिए ।

यस्तै उनले चार वर्षअघिको ब्राजिल विश्वकपमा सिल्भर बुट पाए । जसमा जर्मन टिमले विश्वकपको उपाधि जितेको थियो ।

मुलर चाहिएको बेलामा गोल गर्न खप्पिस छन् । सन् २०१० देखि राष्ट्रिय टिममा रहेका उनी रसिया विश्वकपमा जर्मनी टिमका महत्वपूर्ण सदस्य हुन् । राष्ट्रिय टिमको ९१ खेलमा उनले ३८ गोल गरेका छन् ।

सन् २००८ देखि नै जर्मन क्लब बायर्न म्युनिखमा रहेका उनले २०१७/१८ को सिजनमा उल्लेख्य खेल देखाउन सकेनन् । त्यसलाई विश्वकपमा सुधार गरेर विश्वफुटबलमा अझै चम्कने अवसर मुलरसाग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment