Comments Add Comment

ब्लस पेरेज


पानामाका ब्लस पेरेज अनुभवि खेलाडी हुन् । सन् २००१ देखि पानामाको राष्ट्रिय टोलीमा रहेका ३७ वर्षीय उनले १ सय १३ खेलमा ४३ गोल गरेका छन् । उनी पानामाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

फरवार्ड लाइनमा रहेर पनि बल नियन्त्रण गर्ने र खेल मिलाउने उनको शैली राम्रो छ । ग्वाटेमालाको म्युनिसिपल क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टोलीबाट पनि राम्रो प्रभाव पारेका छन् ।

चार पटक विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका उनले ११ गोल गरेका छन् ।

मुनिसिपलबाट उनले यो सिजन सिजन १३ गोल गरेका छन् । बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूह ‘जी’ मा पानामा आˆनो पहिलो विश्वकप खेल्दै छ । जसका लागि पेरेजको अनुभव महत्वपूर्ण छ ।

उनीमाथि प्रशिक्षक हर्नान डेरियो गोमेजको पनि ठूलो भरोसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment