Comments Add Comment

यूएईमा अलपत्र परेकी युवतीको उद्धार

२७ जेठ, यूएई । भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् ।

आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन ।

साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर र आफूलाई ल्याउने दलालको समेत केही जानकारी दिन नसक्ने सुनिताको यात्रा अनुमतिपत्र नेपाली दूतावास अबुधाबीबाट बनेपछि एनआरएन यूएईको संयोजनमा नेपाल फर्किएकी हुन् ।

यात्रा अनुमतिपत्र तयार भएपछि आवश्यक रकम जुटाउन नेपाली दूतावासले एनआरएनलाई जानकारी गराएको थियो ।

दुबईका नेपाली व्यवसायी सरोज बिष्टले सुनिताको हवाई टिकट र अध्यागमन शुल्क बराबर १ हजार २ सय दिराम उपलब्ध गराएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment