Comments Add Comment

मुलुकको शोधनान्तर १८ अर्ब ९३ करोडले घाटामा


२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको दशौं महिना बित्दा पनि सरकारी ढकुटी बचतमा जान सकेको छैन । अहिले पनि सरकारी ढुकुटीमा रकमको अभाव कायमै छ ।
शोधनान्तर घाटा बढेर वैशाख महिनासम्म १८ अर्ब ९३ करोडले घाटामा छ । आर्थिक वर्ष २०६६/०६७ पछि शोधानान्तर घाटा भएको थिएन ।

यस्तो घाटा १० महिनामा १८ अर्ब पुगेको हो । चैतमा १४ अर्बमा झरेको घाटा वैशाखमा थप गहिरिएर झण्डै १९ अर्ब नजिक पुगेहो हो । शोधनान्तर मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर पनि हो ।

मुलुक भित्रनेभन्दा बाहिरिने रकम बढी भएपछि यो शोधनान्तर घाटा देखिन्छ । यसले विदेशी विनिमय सञ्चितीमा समेत असर गरिरहेको छ । लगातार शोधनान्तर घाटा बढेमा त्यसले अर्थतन्त्रमा जोखिम ल्याउन सक्छ ।

अघिल्लो वर्षको दश महिनामा चालू खाता ७ अर्ब ५७ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य बढेर १९१ अर्ब २ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको राष्ट्र बैंकको भनाइ छ । त्यसैकारण अघिल्लो वर्षको दश महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १९ अर्ब नजिक पुगेको हो ।

सरकारी ढुकुटी ऋणात्मक भएपछि यसले अर्थतन्त्रमा विभिन्न किसिमका समस्या पनि सिर्जना हुने जोखिम बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment